अनुसूची २
(क) फर्मको दर्ता दस्तुर
देहायको पूँजी भएको साझेदारी फर्म रजिष्ट्रेशन गर्दा देहाय बमोजिको रजिष्ट्रेशन दस्तूर लाग्नेछ –
(क) एक लाख रुपैयाँ सम्म छ सय रुपैयाँ ।
(ख) एक लाख रुपैयाँ भन्दा बढी तीन लाख रुपैयाँ सम्म दुई हजार रुपैयाँ ।
(ग) तीन लाख रुपैयाँ भन्दा बढी पाँच लाख रुपैयाँ सम्म चार हजार रुपैयाँ ।
(घ) पाँच लाख रुपैयाँ भन्दा बढी दश लाख रुपैयाँ सम्म सात हजार रुपैयाँ ।
(ङ) दश लाख रुपैयाँ भन्दा बढी पचास लाख रुपैयाँ सम्म दश हजार रुपैयाँ ।
(च) पचास लाख रुपैयाँ भन्दा बढी जतिसुकै भएपनि पन्ध्र हजार रुपैयाँ ।